सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेसनिकट खेलकुद संघ नेपाल लोकतान्त्रिक खेलकुद सघ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रको प्रदेश, क्षेत्र, पालिका र वडा तहमा नेतृत्व चयन गरेको छ।
काङ्ग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका अवसरमा सबै तहको नेतृत्व चयन गरिएको हो । पछिल्लो समय स्थानीय तहमा खेलकुद क्षेत्रलाई अग्रसर बनाउने उद्देश्यले लोकतान्त्रिक खेलकुद संघले क्षेत्र, प्रदेश, पालिका र वडा तहमा नेतृत्व गठन गरेर अघि बढ्ने लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ ले जनाएको छ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं काङ्ग्रेस सांसद मोहनबहादुर बस्नेतले काङ्ग्रेसले विकासका कामसँगै खेलकुद क्षेत्रलाई अगाडि बढाउँदै लगेको बताए । खेलकुद क्षेत्रलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै बस्नेतले मान्छे स्वस्थ रहन खेलकुद एउटा महत्त्वपूर्ण क्षेत्र भएको उनले प्रस्ट पारे । पार्टीमा भएका र खेलकुदमा लागेका सदस्यलाई प्रोत्साहन गर्नुपर्नेमा बस्नेतले जोड दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले खेलकुदको लागि काङ्ग्रेस जस्तो उदार पार्टी अरु नभएको बताए । बाह्रबिसे नगरपालिकाले खेलकुद क्षेत्रलार्इ महत्त्व दिँदै आएको पनि बस्नेतले बताए ।
शुक्रबार नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ले नयाँवर्षको अवसर पारेर गरेको चियापान कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोकले क्षेत्र नम्बर १ को सबै तहको लागि नेतृत्व चयन गरेको हो ।
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ मा अध्यक्षका लागि छिरिङ तामाङ चयन भएका छन् । त्यस्तै प्रदेश (क) र (ख) को लागि क्रमशः विश्वविक्रम बोहरा र विजयकुमार गौतम अध्यक्ष चयन भएका छन् । त्यस्तै स्थानीय तहमा भोटेकोशी गाउँपालिकामा चेङ्गा शेर्पा, बाह्रबिसे नगरपालिकामा बलदेव सिवाकोटी, त्रिपुरासुन्दरीमा टीकाकुमार श्रेष्ठ, लिसङ्खुमा नवीन श्रेष्ठ, सुनकोशीमा माधव विश्वकर्मा, बलेफीमा युनेश तामाङ र जुगलमा कैलाश श्रेष्ठ अध्यक्ष चयन भएका छन् । अध्यक्ष चयन भएकाहरुले आफ्नो क्षेत्राधिकारअनुसार कार्यसमिति निर्माण गर्नेछ्न् । उनीहरुलाई जिल्ला अध्यक्ष विश्वराज गुरुङ र केन्द्रीय सदस्य निरुपम कार्कीले अध्यक्षमा चयन गरेको लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोकले जनाएको छ। लोकतान्त्रिक खेलकुद संघको नेतृत्व चयन भएसँगै उनीहरुले आगामी दिनमा आआफ्नो ठाउँबाट खेलकुदको हरेक गतिविधिलाई निरन्तरता दिँदै जाने बताएका छ्न् ।













प्रतिक्रिया दिनुहोस्