सिन्धुपाल्चोक । पौडेल वंश महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा सूर्य पौडेल चयन भएका छन ।
शनिबार बाह्रबिसेको कभर्डहलमा भएको पौडेल वंशको अधिवेशनबाट सूर्य पौडेललाई अध्यक्ष चयन गरेको रामकृष्ण पौडेलले जानकारी दिए । शनिबार भएको दोस्रो अधिवेशनले १४ सदस्यीय कार्य समिति चयन गरेको छ। अधिबवेशनबाट सर्वसम्मत अध्यक्ष चयन गरिएको हो । यो अधिवेशनबाट सिन्धुपाल्चोकमा रहेका पौडेल बन्धुहरुलाई क्रमशः संघमा आबद्ध गराउँदै लगिने योजना रहेको छ । अधिवेशनसँगै महासंघमा अक्षकोषसमेत स्थापना गरेको पौडेलले जानकारी दिए । आजसम्म पौडेल वंश महासघको अक्षय कोषमा २लाख ८० हजार जम्मा भएको छ । यसलाई सबै मिलेर बढाउदै लैजाने संघका सचिव रामकृष्ण पौडेलले जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै पौडेल वंश महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष शालिकराम शर्मा पौडेलले सिन्धुपाल्चोकमा पौडेलहरुको महासंघलाइ बृहत् रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै पौडेल वंशको कार्यक्रमलाई सम्बोधन गर्दै बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पौडेल बन्धुहरुको महासंघले समाजको लागि केही परिवर्तन गरेर अघि बढ्नुपर्ने बताए । आफ्नो वंशको उत्पत्ति र परम्परालाई बिर्सिन नहुने र यसले गर्दा आफ्नो दाजुभाइ तथा बन्धुहरुको खोजी हुँदा सबैमा फाइदा पुग्ने उनले बताए ।
दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत कार्यसमितिको नेतृत्व चयन गरिएको छ । जसमा अध्यक्ष सूर्य पौड्याल, उपाध्यक्ष लोकनाथ पौडेल, महिला उपाध्यक्ष मखमली पौडेल, सचिव रामकृष्ण पौडेल, सहसचिव रामचन्द्र पौडेल, कोषाध्यक्ष दीपक पौडेल,सदस्य रेवती पौडेल, सदस्य विमला पौडेल, सदस्य बद्रीनाथ पौडेल र सदस्य रामचन्द्र पौडेल चयन भएका छन् ।
यसैबीच बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले उक्त महासंघलाई २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्