काठमाडौँ । प्रतिनिधिसभाको रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि संसद्ले स्थान रिक्तताको सूचना निकालेको छ ।
राप्रपाबाट निर्वाचित बोहराको चैत्र १९ गते निधन भएको थियो । बिहीबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै स्थान रिक्तताको जानकारी दिएका हुन् ।
‘नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त हुन आएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम सूचना प्रकाशित गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्