काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् ।
नेपाल शिक्षक सङ्घका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताए । शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको देउवाको भनाइ छ ।
कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस शिक्षकको साथमा रहेको बताए । शिक्षक महासङ्घसँग यसअघि भएको सहमति र सम्झौतालाई आधारमानी आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने महरको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्