काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा गएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा २० सदस्यीय भ्रमण टोली चीनको चोङकिङ शहर पुगेको छ । टोलीको नेतृत्व माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले गरेका छन् ।
भ्रमण टोलीमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीलगायत छन् ।
चोङकिङ विमानस्थलमा बुधबार चोङकिङ नगरपालिकाको चिनियाँ कम्युनिष्ट पार्टी स्कुल विभागका नेता वाङ तियानलियाङ्गले माओवादी नेताहरुलाई स्वागत गरेका थिए ।
टोलीले चोङकिङ शहरको अन्तर्राष्ट्रिय लजिस्टिक हब पार्कको भ्रमण गरेका थिए ।
चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहका ४ शहरहरुमध्ये एक हो ।
चीन भ्रमण सकेर माओवादी टोली २०८२ साल वैशाख ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।















प्रतिक्रिया दिनुहोस्