जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेश सभालाई सम्बोधन गर्दै छन् ।
सबै प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत उनले मधेश प्रदेशसभामा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रदेश सभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । बाहिर गेट बनाउनेदेखि लिएर सभाहलमा कार्पेट लगाउने कामसमेत भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मंगलबार मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीले साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको छ । प्रदेशसभामा सम्बोधन सकेर उनी सिराह जाने तय भएको छ ।















प्रतिक्रिया दिनुहोस्