images
images

काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्चः सजग हुन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहर बनेको छ ।
एक सातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ ।

आइक्यूएअरले गरेको मापनअनुसार काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च बनेको हो ।

images
images

अहिले काठमाडौं उपत्यकाको एयर क्वालिटी इन्डेक्स अर्थात् औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यो निकै अस्वस्थकर अवस्था हो ।

वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एयर क्वालिटी इन्डेक्स २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।

लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनैपर्नेले पनि मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानवस्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्