images
images

प्रधानमन्त्री ओलीले आज भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने कार्यक्रम छ ।
सदस्य मुलुकका सरकार प्रमुखहरुले पनि सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । जसमा बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलका नेताहरुबाट सम्बोधन हुनेछ ।
यसैबीच, आजै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । दुई नेताबीच हुने भेटलाई लिएर चासो बढेको छ ।
थाइल्याण्डको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्