images
images

ओख्ले खोलामा बनेको पुलले बलेफीबासी लाभान्वित

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका ७ र ८ जोड्ने ओख्ले खोलामा ट्रसपुल निर्माण भएको छ।
बलेफी गाउँपालिका ७ को डुम्रेचौर, सान्ने र वडा नं. ८ को मजुवा जोड्ने ओख्ले खोलामा ट्रसपुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ।
वर्षाद्को समयमा भेलबाढी आउँदा आवतजावतमा समस्या भोग्दै आएका यहाँका स्थानीयलाई ट्रसपुल निर्माण भएसगै सुविधा पुग्ने देखिएको हो। वर्षायाममा मेलापात गर्दा खोलामा बढी आउँदा ओख्ले खोला तर्न सकिदैन थियोे , यसले गर्दा घन्टौ लगाएर हिँड्नुपर्ने स्थानीयको बाध्यता टरेको बलेफी गाउँपालिकाले जनाएको छ।
पुल उद्घाटन गर्न पुगेका माओवादी नेता एवम् सांसद माधव सापकोटा सुबोधले ओख्ले खोलामा ट्रसपुल निर्माण भएसँगै स्थानीयमा आवतजावतको सहज पहुँच पुगेको र घन्टौँ लगाएर हिँड्नुपर्ने बाध्यता हटेको बताए ।

२८ मिटर लामो ट्रसपुल निर्माण भएसँगै अब स्थानीयलाई वर्षायाममा खोला तर्नुपर्ने भय नहुने बलेफी गाउँपालिकाले जनाएको छ। पुलबाट दुई पाङ्ग्रे सवारीसाधन तार्नसमेत सहज हुने स्थानीयको भनाइ छ। बर्सेनि कष्ट भोग्दै आएको स्थानीय अब सहजरुपमा आवतजावत गर्न सक्नेछन् । जनहित ग्रामीण सेवा समितिले उपलब्ध गराएको ओख्ले खोला ट्रसपुल जडानका लागि बलेफी गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले बताएका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्