काठमाडौंँ । बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बैंकक प्रस्थान गरेका छन्।
थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान शिनावात्राको निमन्त्रणामा ओली थाइल्यान्ड प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीलाई बिदाइ गर्न उपप्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
भ्रमणका क्रममा पर्यटन र संस्कृतिका सन्दर्भमा २ र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर गरिने जनाइएको छ। द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्रीसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्।
प्रधानमन्त्रीले चैत २१ गते बिहान थाइल्यान्डका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ। चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधनको कार्यक्रम रहेको छ।















प्रतिक्रिया दिनुहोस्