सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा ईश्वरलाल श्रेष्ठ चयन भएका छन् । बिहीबार काठमाडौंमा बसेको लोकतान्त्रिक होटल व्यावसायी सघको केन्द्रीय कार्यसमिति बैठकले सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा लोकतान्त्रिक व्यावसायी संघको जिल्ला अध्यक्ष चयन गरेको हो ।
लोकतान्त्रिक होटल व्यवसायी संघ केन्द्रका अध्यक्ष लीलाप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले बिहीबार सो निर्णय गरेको नेपाल लोकतान्त्रिक होटल व्यवसायी संघले जनाएको छ।
होटल व्यवसायीहरुलाई क्रियाशिल र शुभेच्छुक संस्थामा आबद्ध गराउँदै व्यवसायीलाई मजबुत बनाउने उद्देश्यले जिल्लाजिल्लामा भएका काङ्ग्रेसनिकट व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने संघले जनाएको छ।
अहिले देशभरका जिल्ला जिल्लामा कार्यसमिति निर्माण गरेर अघि बढ्ने संघले जनाएको छ। अध्यक्षमा सर्वसम्मत चयन भएकाहरुलाई आउँदो चैत्र १८ मा पार्टी कार्यालय सानेपामा प्रमाणपत्रसहित सम्मान गरिनेछ । त्यसपछि जिल्लामा ११ सदस्यीय कार्यसमिति निर्माण गरिनेछ ।
अध्यक्ष चयन भएका श्रेष्ठ सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा १८ वर्षदेखि होटेल व्यवसायमा सक्रिय छन् । पछिल्लो समय श्रेष्ठले सुकुटे क्षेत्रलाई आधार बनाएर होटेल र रिसोर्ट व्यवसाय सञ्चालन गर्दै आएका छन्।
चैत्र १८ पछि अध्यक्ष श्रेष्ठले पदाधिकारीसहित कार्यसमिति निर्माण गर्नेछ्न्।













प्रतिक्रिया दिनुहोस्