काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेता सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्न सहमत भएका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेता शक्ति बस्नेतलगायत नेता सहभागी थिए ।
दलहरु सहमति निर्माण गरेर अघि बढ्न सहमत भएका हुन् ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन शीर्ष तीनैजना नेता सहमत भएका छन् ।















प्रतिक्रिया दिनुहोस्