विराटनगर । एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आजबाट विराटनगरमा तीन दिनसम्म चल्नेछ ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट ९ सय प्रतिनिधि विराटनगर पुगेका छन् ।
चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
केन्द्रीय नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न निर्देशन दिएको छ । तर महाधिवेशन प्रतिनिधि भने निर्वाचन मार्फत नेतृत्व छान्नु पर्ने पक्षमा रहेको बताइएको छ ।















प्रतिक्रिया दिनुहोस्