images
images

गृहले गर्‍यो २८ शाखा अधिकृतको सरुवा

काठमाडौं । गृह मन्त्रालय मातहतका २८ जना शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन गरिएको छ।

गृहमन्त्रालयले केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको छ।

images
images

शाखा अधिकृत चिरन्जिवि सापकोटा सोलुखुम्बुको सहायक प्रमुख जिल्ला अधिकारी भएका छन्।

मस्ताङको सहायक प्रमुख जिल्ला अधिकारीमा नन्दराम परियार र बझाङमा दीपक पौडेललाई तोकिएको छ।

अरुले जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस्