images
images

पद्मकन्या कलेजमा स्वतन्त्रको प्यानल नै विजयी

काठमाडौँ । पद्मकन्या क्याम्पसको स्ववियुमा स्वतन्त्रको प्यानल नै विजयी भएको छ।

नेविसंघले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै पीकेको स्ववियुमा विजयी भएको हो। अध्यक्षमा ऐरले ७ सय ३० मत पाएकी छन् ।

नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी छन्। अध्यक्षमा विजयी हुने ऐर पीके स्ववियुको निवर्तमान सचिव समेत हुन्। २०७९ मा भएको स्ववियु चुनावमा उनी सचिवमा विजयी भएकी थिइन्।

स्वतन्त्र समूहबाट सचिवमा सन्ध्या बस्याल र कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी सदस्यहरु पनि स्वतन्त्रबाटै विजयी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्