images
images

कर्मचारी सञ्चय कोषमा तीन दर्जन कर्मचारी माग

ललितपुर । पुलचोकस्थित कर्मचारी सञ्चय कोषले ३६ जना कर्मचारी माग गरेको छ।

कोषले सूचना जारी गर्दै आठौँ तह प्रबन्धकदेखि पाँचौँ तह प्रमुख सहायकसम्मका नयाँ कर्मचारी माग गरेको हो।

समावेशी प्रणालीमा खुला प्रतियोगिताद्वारा नयाँ कर्मचारी नियुक्त गर्न लागिएकाले योग्यता पुगेका इच्छुक नेपालीले आजदेखि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्