काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुने अवस्था आइहाले वक्यौता नतिर्नेको लाइन काटेर अन्यत्र वितरण गरिने बताएका छन्।
घिसिङले अहिले लोडसेडिङ हुने अवस्था नरहेको तर माग बढ्दै जाँदा त्यस्तो अवस्था आए डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका तर बक्यौता नतिरेकाहरूको लाइन काटिने बताएका हुन्।
भारतसँग रातिको समयमा पनि बिजुली बिडिङ गर्नका लागि छलफल भइरहेको उनको भनाइ छ। भारतले रातिको समयका लागि पनि बिजुली बिडिङ गर्न दिए कतै पनि लाइन काट्नुपर्ने अवस्था नआउने घिसिङले दाबी गरे।
उनले अहिले दिउँसो कतै पनि लाइन नकाटिएको र उद्योगहरूमा १-२ घण्टा मात्रै काटिएको जानकारी पनि दिए।
हरेक वर्ष चार-पाँच गुणाले विद्युतको माग बढिरहेको पनि उनले जानकारी दिए।
उनले उद्योगीहरूले अहिले १२ घण्टा लोडसेडिङ भइरहेको बताएकोप्रति आपत्ति पनि जनाए।
‘उद्योगीलाई दिउँसो पूरा बिजुली दिइरहेको उनले स्पष्ट पारे ।
उनले बिजुली वितरणको विषयलाई बोलेर नभई व्यवस्थापन गरेर देखाउने पनि बताए।
त्यस्तै उनले घर तथा अन्य ग्राहकको हकमा कतै पनि लाइन नकाटिने बताए।
‘















प्रतिक्रिया दिनुहोस्