काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।
गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । थापाले आजैबाट कार्यभार सम्हालेका छन् ।
२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक इन्स्पेक्टर दर्जाबाट प्रहरी जीवन शुरू गरेका थापा भक्तपुका बासिन्दा हुन् ।
थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका( ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।
डीएसपी र एसपी दर्जामा उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रहरी प्रमुखका रुपमा जिम्मेवारी बहन गरिसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्