images
images

आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।
आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।
विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।

स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ ।

images
images

यसैबीच आज देशैभरि हुने स्ववियु निर्वाचनका लागि क्याम्पसहरुमा मतदानका लागि विद्याथीहरु लाइनमा लागेकाे हाम्रा संवाददाताहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्