images
images

राजसंस्था पुनर्स्थापना गर्न समिति गठन

काठमाडौँ । राजसंस्था पुनर्स्थापना गर्न संयुक्त जनआन्दोलन समिति गठन भएको छ।

नवराज सुवेदीको संयोजकत्वमा समिति गठन भएको राप्रपा महामन्त्री धवलशमशेर जबराले जानकारी दिए।

images
images

उनका अनुसार संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनजस्ता एजेन्डामा केन्द्रित रहेर समितिले काम गर्नेछ।

समितिको सदस्य सचिवमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र छन्।

साथै सदस्यहरूमा पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, मेडिकल व्यवसायी दुर्गा प्रसाई, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशवबहादुर विष्ट, रमा सिंह छन्।

तर विष्टले आफू यो समितिमा नबस्ने बताएका छन्।

समितिमा पाँच जना सल्लाहकार छन्।

प्रमुख सल्लाहकार जगमान गुरूङ, बुद्धिराज बज्राचार्य, शास्त्र तत्त्व पन्थ, राजेश अहिराज र खेमराज सेढाइ छन्।

 

प्रतिक्रिया दिनुहोस्