images
images

वाग्ले केयूका उपकुलपति नियुक्त

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले वाग्लेलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

केयूका कुलपति भने प्रधानमन्त्री केपी शर्मा ओली छन्।

यस्तै, सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्टलाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्