images
images

राप्रपा कार्यकर्ताले जलाए दाहालको तस्वीर

हेटौँडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाइएको छ।

शनिबार हेटौँडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोस्टममै दाहालको फोटो जलाएका हुन्।

images
images

सयौँ बैंक लुटिएको, देशमा आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै दाहाल भएको भन्दै उनले विरोध गर्दै तस्वीर जलाएको बताए।

उनले रोस्टममा दाहालको फोटो जलाइरहँदा संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह प्रमुख अतिथिको रुपमा थिए।

यता, जिल्लामा पूर्वप्रधानमन्त्रीको तस्वीर जलाइरहँदा जिल्ला प्रशासन कार्यालय र मकवानपुर प्रहरी भने बेखबर बनेको छ।

प्रतिक्रिया दिनुहोस्