images
images

तालाबन्दीले स्ववियु निर्वाचन अनिश्चित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन नजिकिएसँगै तालाबन्दी गर्ने क्रम पनि बढेको छ।
संगठनभित्रको आन्तरिक विवाद, विद्यार्थी भर्ना प्रक्रियामा असन्तुष्टि, उम्मेदवार मनोनयनमा विवाद जस्ता कारणले विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका छन्।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले विभिन्न कलेजहरूमा तालाबन्दी गरेका छन् । नेविसंघले काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न कलेजमा तालाबन्दी गरेको छ। त्यस्तै अनेरास्ववियुले समेत विभिन्न कलेजहरूमा तालाबन्दी गरेको छ।

त्रिविको आङ्गिक क्याम्पस शंकरदेव क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियुले तालाबन्दी गरेका छन् । स्ववियु कोषको दुरुपयोग गरेको भन्दै छानबिनको माग गरेर तालाबन्दी गरेका हुन् ।
उपत्यकाबाहिरका विभिन्न क्याम्पसहरूमा समेत अनेरास्ववियुले तालाबन्दी गरेको छ। अनेरास्ववियुको तालाबन्दीका कारण ती कलेजहरूमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
सुनसरी इटहरीको जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । त्यस्तै नवलपुरका १० वटा स्ववियु निर्वाचन हुने क्याम्पस मध्ये ९ वटामा अनेरास्ववियु र अनेरास्ववियु, माधव नेपाल निकटले संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।

images
images

एसपीएम कलेज गैडाकोट, जनक कलेज गैडाकोट, जनमुखी आदर्श बहुमुखी क्याम्पस, देबचुली बहुमुखी कलेज, जनज्योती कलेज, कुमारवर्ती बहुमुखी कावासोती, मध्यबिन्दु बहुमुखी क्याम्पस कावासोती, नवजागरण बहुमुखी क्याम्पस चोरमारा र आरुङ्गखोला बहुमुखी क्याम्पस अरुणखोलामा तालाबन्दी गरेको हो ।

नवलपुर अनेरास्ववियु र अनेरास्ववियूले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै अन्य संगठनहरूलाई मात्रै हित हुने खालका काम गर्दै आएको जनाएका छन् ।

त्यस्तै पक्लिहवा कृषि क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त तालाबन्दी गरेका छन् । राममणि बहुमुखी क्याम्पस, रुपन्देहीमा अनेरास्ववियु एक्लैले ताला लगाएको छ ।

तालाबन्दीका कारण ती कलेजहरूमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ।

प्रतिक्रिया दिनुहोस्