images
images

राजदरबार हत्याकाण्डको छानबिन हुनुपर्छः दाहाल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजदरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताएका छन् ।
शनिबार समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भन्ने कुरा पहिलादेखि भन्दै आएको हुँ र त्यो अझै कायम रहेको छ । जनताको भाषा मैले बोलेको हुँ ।’

उनले समाजवादी मोर्चा माओवादी सरकारमा जाने टेको भएको भन्ने गलत हल्ला फैलिएको दाबी गरे । मोर्चाका लागि प्रतिवेदन तयार गर्न समय लागेका कारण बैठक बस्न ढिलो भएको दाहालले जिकिर गरे । साथै उनले समाजवादी मोर्चा जे उद्देश्यले गठन भएको हो त्यही उद्देश्यमा अगाडि बढिरहेको समेत उल्लेख गरे ।

images
images

समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको बताउँदै अध्यक्ष दाहालले वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने गरी मोर्चाले नयाँ सङ्कल्प लिएको बताए ।

यसैबीच, अध्यक्ष दाहालले सरकारमा रहँदा उठाइएको भ्रष्टाचार र सुशासनका कुरा अझै आफूले उठाइरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्