images
images

ताल्चा लागेका कलेजमा स्ववियु निर्वाचन अनिश्चित

काठमाडौँ । तालाबन्दीका कारण काठमाडौंका शंकरदेवसहित विभिन्न जिल्लामा रहेका क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ।

शंकरदेव, पद्मकन्या, सरस्वती र विश्वभाषा क्याम्पसमा तालाबन्दी छ।

images
images

विद्यार्थी संघ-संगठनभित्रका विवादका कारण तालाबन्दी भएका हुन्। त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको छ।

यहाँ नेविसंघबाटै धेरैजना उम्मेदवार छन् । स्ववियु निर्वाचन नजिकिँदै जाँदा ताल्चा लागेका कलेजमा कसरी निर्वाचन गर्ने भन्ने विषयमा छलफल हुन थालेको छ । यसैबीच, निर्वाचन समितिले सबै पक्षको सहमति जुटाएर ताल्चा खोल्ने र निर्वाचन गर्ने रणनीति बनाए पनि माग सम्बोधन नभएसम्म ताल्चा नखोल्ने विद्यार्थीहरुको अडान छ ।

 

प्रतिक्रिया दिनुहोस्