images
images

राजनीतिक दलका ढोका ढक्ढक्याउँदै गुरुहरु

काठमाडौं । विद्यालयका शिक्षकहरुले राजनीतिक दलका मुख्यालयअगाडि धर्ना दिन थालेका छन् ।
शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुनः आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले यस क्रममा बुधबार नेकपा एमालेको मुख्यालयमा धर्ना दिएको छ । महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत दलहरूलाई ध्यानाकर्षण गराउने क्रममा शिक्षक नेताहरू च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका हुन् ।

महासंघको टोली मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेको थियो ।

images
images

महासंघले चैत्र १ मा माओवादी कार्यालय, २ गते नेकपा एस, ३ गते रास्वपा, ४ गते जसपा, लोसपा र राजमोको कार्यालयमा र ५ गते जनमत, नागरिक उन्मुक्ति, राप्रपाको कार्यालयमा धर्ना दिने गरी योजना बनाएको छ ।

यसअघि महासंघले फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । घोषित आन्दोलनअन्तर्गत राजनीति दललाई मागबारे ध्यानाकर्षण गराइएको थियो ।

शिक्षकहरूले गत शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्