काठमाडौं । विद्यार्थीलाई चुनाव लागेको छ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदै छ ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय मंगलबार दिउँसो २ बजेसम्म तोकिएको छ । दुवैतर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवैतर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
चैत्र ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।















प्रतिक्रिया दिनुहोस्