images
images

रुपन्देही अदालतमा रवि सोमबार उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्न आइतबार कास्की जाने भएका छन् ।

उनी आफैँ उपस्थित भएर जिल्ला अदालत कास्कीमा तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ ।

images
images

कास्कीबाट उनी सीधै रुपन्देही जिल्ला जानेछन् । सोमबार रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नेछन् ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन् ।

काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन् । पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।

प्रतिक्रिया दिनुहोस्