images
images

किसानको साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका

काठमाडौं । काभ्रेपलाञ्चोको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ ।

साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले गाउँपालिकाले साग खरिद गरी गुन्द्रुक बनाईने जनाएको छ ।

सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो । प्रतिकिलो २५ का दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताए ।

उनका अनुसार भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महङ्गो भाडा पर्ने भएपछि गाउँपपालिकाले खरिद गर्ने भएको हो । खत्रीका अनुसार आफुसँग हाल रहेको साग तथा प्रतिबर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ । ‘गाउँपालिकाकै ब्यवस्थापनमा गुन्द्रुक बनाएर विक्री गर्ने योजना बनाईंदैछ’, खत्रीले भने ।

काभ्रेको बजारमा खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयको साग खरिद गर्न लागेको हो । यसअघि जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अविधेशनको दोस्रो नगरसभा बैठकले मोहीको ब्राण्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो ।

बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्राण्डिङ गरी मोही–प्रबद्र्धन गर्न लागिएको हो । नगरमा दूध पर्याप्त उत्पादन हुने भएकाले नगरसभाबाटै विशेष प्रस्ताव पारित गरी स्थानीय किसानले उत्पादन गरेको दूधबाट मोही बनाएर खाँदा र खुवाउँदा स्वच्छ भइने नगर प्रमुख टोकबहादुर वाईबाले बताए ।

उनका अनुसार मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने छ । नगरमा उत्पादन भएको दुध स्थानीय बजारमा विक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्