images
images

सञ्चारकर्मी प्रलिशा शाक्यलाई ‘मिस नेवाः ११४५’को उपाधि

काठमाडौं । ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘मिस नेवाः ११४५’को उपाधि जितेकी छन् ।
नेप्लीज फेसन होमले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिलाई पछाडि पार्दै प्रलिशाले आकर्षक क्राउनसहित यो उपाधि चुम्न सफल भइन । ‘मिस नेवाः ११४५’ को उपाधिसहित प्रलिशाले नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहार प्राप्त गरेकी छन् ।

नाथम कलेजबाट पर्यटन विषयमा स्नातक उत्तीर्ण गरेकी प्रलिशाले रेडियो र टेलिभिजनमा सञ्चारकर्मीको भूमिकामा रहँदै हाल नेपाल दर्शन कम्प्लिट टुरिजम प्रालिमा कार्यरत छिन् । यो प्रतियोगितामा प्रलिशाले वेष्ट नेपाल भाषाको टाइटल अवार्डसमेत जितेकी छन् ।

काठमाडौं उपत्यकाका विभिन्न नगरपालिका तथा जिल्लाबाट आएका २० जना प्रतिस्पर्धिबीच सम्पन्न प्रतियोगितामा चन्द्रागिरि नगरपालिका, नैकापकी लूनिभा मानन्धरले फष्ट रनर्सअपको उपाधि पाइन । यस्तै, चमती, काठमाडौंकी लुमना महर्जनले सेकेण्ड रनर्सअपको उपाधि पाइन ।। दुबैले क्रमशः २५ हजार तथा १५ हजार रुपैयाँसहित उपहार प्राप्त गरे ।

प्रतियोगिताका अन्य विजेतातर्फ श्रद्धा महर्जनले मिस ट्यालेन्टका साथमा सोसल वेलफेयर सेकेण्ड रनर्सअपको उपाधि हात पार्द अनुश्री शाक्यले मिस ट्यालेन्ट फष्ट रनर्सअप तथा श्रीया मानन्धरले मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप बनिन् । प्रतियोगितामा रोनिशा महर्जनले सोसल वेलफेयर एम्बासडर चिफको उपाधि पाउँदा डिबिना डंगोलले सोसल वेलफेयर एम्बासडर फष्ट रनर्सअप, प्रसिद्धि शाक्यले मिस डिसिप्लिनको उपाधि र अल्पा महर्जनले मिस पब्लिक च्वाइसको अवार्ड पाइन् ।

यस्तै, प्राश्ना श्रेष्ठले वेष्ट ड्रेस, रितिशा बज्राचार्यले मिस कल्चर, रमुना बज्राचार्यले वेष्ट स्किन, सुभेक्षा श्रेष्ठले मिस पर्सनालिटी, रिम्षा श्रेष्ठले वेष्ट हेयर, कुन्ता श्रेष्ठले मिस फोटोजेनिक, रुजी शाक्यले मिस फ्रेण्डशीप, अनुषा बज्राचार्यले वेष्ट स्माइल, शुवास्ना श्रेष्ठलाई मिस चार्मिङको टाइटल दिइयो ।

प्रतियोगितामा सरस्वती मल्टिपल क्याम्पसकी प्रमुख दिव्या लक्ष्मी बज्राचार्यले मुख्य निर्णायकको भूमिका निर्वाह गरेकी थिइन। यस्तै, अधिवक्ता तथा माँ बगलामुखी कोअपरेटिभका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स इन्टरनेश्न्ल क्लब ३२५ एलका पूर्वडिष्ट्रिक्ट गभर्नर लायन मणिश्री रत्न बज्राचार्य, एलसीसीएल, ललितपुरका पूर्वअध्यक्ष अजरमान जोशी, नमुना कलेज अफ फेसन टेक्नोलोजीका उपप्रमुख जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित, एसओ नेपालका अध्यक्ष डा.शिक्षिता श्रेष्ठलगायत निणर्यक टोलीमा थिए । मिस नेवाःनेपा ११३४ की विजेता एलिशा बज्राचार्य समेत निर्णायक जजको रुपमा सामेल थिइन ।

आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः ब्युटी कन्टेष्टमात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियानमा भएको बताइन् । उनले यस्तो अभियान नेवार समुदायमा मात्र नभएर हरेक समुदायमा हुनुपर्ने बताउँदै प्रतियोगितामा नेवारी कला र संस्कृतिलाई उजागर गर्ने प्रयास रहेको उल्लेख गरिन ।

प्रोफेसर डाक्टर विमला शाक्यको सभापतित्वमा आयोजना गरिएको यो प्रतियोगितामा पूर्वअर्थमन्त्री पशुपति शमशेर जबरा प्रमुख अतिथि थिए । सो अवसरमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्