images
images

उकालो लाग्यो सार्वजनिक ऋण, २६ खर्ब ११ अर्ब नाध्यो

काठमाडौं । सार्वजनिक ऋण बढेर २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म आन्तरिक तथा बाह्य गरी कुल ऋण २६ खर्ब नाघेको छ ।

माघ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ छ । यस्तै, कार्यालयले जनाएका अनुसार बाह्य ऋण दायित्व १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

images
images

गत असार मसान्तसम्म कुल ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकामा चालु आर्थिक वर्षको सात महिनामा आन्तरिक तथा बाह्य ऋण एक खर्ब ७६ अर्ब ९७ करोड रुपैयाँले बढेको हो । यो ऋण कुल गार्हस्थ उत्पादनको ४५.७७ प्रतिशत हुन आउछ ।

यसैगरी, सरकारले चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ५० अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । जसमा आन्तरिकतर्फ एक खर्ब २७ अर्ब २४ करोड र बाह्यतर्फ २२ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्