images
images

‘अध्यादेशको विकल्पमा कानुन निर्माणलाई तीव्रता दिनुपर्छ’

काठमाडौं । देशमा पछिल्लो समय पत्रकारबाट सवैभन्दा बढी प्रश्न सोधिने र चर्चामा रहेको विषय अध्यादेश हो । त्यसभित्र पनि भूमिसम्बन्धी बढी प्रश्न र चासो हुने गरेको छ । अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण छैन । अध्यादेश यसअघि पनि आएकै हुन् । अघिल्लो सरकारका पालामा पनि लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी भएकै हुन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले त्यसलाई सहजतापूर्वक ग्रहण गरी सहयोग गरेकै हो । सत्तापक्ष र प्रतिपक्षको कानुन बनाउनेतर्फ जोडबल हुनुपर्छ ।

सरकारले ल्याएका अध्यादेश कानुन निर्माण, लगानी प्रोत्साहन र सुशासनसँग जोडिएका छन् । भूमिसम्बन्धी अध्यादेश भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीसँग जोडेर आएको छ । सरकारसँग जग्गा छैन, तर पनि भूमि आयोग सधैँ बनाइराख्ने अभ्यासले निरन्तता पाउँदै आएको छ ।

वन, बुटियान, हाटबजार, बगर भनिएका जग्गा सरकारका नाममा छैन । त्यो जग्गा आयोगले बाँड्छ कसरी भन्ने ठूलो प्रश्न छ । नेपालमा जति पनि नम्बरी जमिन छ, त्यसको २५ प्रतिशत अव्यस्थित बसोबास छ । त्यसलाई कानुनी प्रक्रिया अपनाएर सरकारी नाममा दर्ता नगरिए आयोगले जग्गा वितरण गर्न सक्दैन । त्यो समस्या सुल्झाउन अध्यादेश ल्याइएको हो । सबै निर्वाचन क्षेत्रमा अव्यस्थित बसोबाससम्बन्धी समस्या छ ।

त्यसलाई सम्बोधन गर्नुपर्ने सबै राजनीतिक दललाई आवश्यकता र चुनौती छ । विरोधका लागि विरोध गर्ने ढङ्गबाट मात्र अध्यादेशमाथि टिप्पणी भएको छ । अन्यथा अध्यादेशमा विरोध गर्नुपर्ने कारण देख्दिन । हाम्रो कानुन बनाउने प्रक्रिया अत्यन्त सुस्त भएकाले अध्यादेश ल्याउन परेको हो ।

विगत २ वर्षमा जम्माजम्मी ११ वटा कानुन ऐन बनाउन सफल भइयो । त्यो पनि राष्ट्रिय महत्वका बनाइएको छैन । कानुन बनाउने गति हाम्रो धिमा छ । सरकार गठन भएको यति समय भयो उपलब्धि खोइ भनेर प्रतिपक्ष र जनताबाट पनि बारम्बार प्रश्न आइरहेकै छ । कानुनी राज्य र लोकतन्त्रमा कानुन संशोधन नगरी बस्न सकिन्छ ।

संसदीय प्रजातन्त्रमा कार्यकारीको आदेशले मुलुक चल्दैन । नेपाल संसदीय प्रजातन्त्र भएको देश हो । संसदीय लोकतन्त्रमा कानुन निर्माण संसद्बाट गरिनुपर्छ, कार्यकारीको आदेश चल्दैन । संसद्बाट कानुन निर्माण गरेर जाँदा अलि समय लाग्ने भएपछि सरकारले अध्यादेश ल्याउन परेको हो । त्यसको विकल्प भनेको कानुन निर्माणको गतिलाई तीव्र बनाउनुपर्छ । एकातिर कानुन निर्माणको गतिलाई सुस्त तुल्याउने अर्कातर्फ अध्यादेश किन भन्ने प्रश्नले देश अघि बढन सक्दैन । मुलुकको समृद्धिका लागि कानुन संशोधनको विकल्पका रूपमा अध्यादेश ल्याउन परेको हो ।

त्यस्तै एमाले र कांग्रेस पार्टीले सुटुक्क कोठाभित्र बसेर संविधान संशोधन गर्दैनन् । संशोधनका बेला सबैसँग सल्लाह हुनेछ । ढुक्क हुनुस्, सबै संसद्वादी राजनीतिक दलसँग खुला छलफलका साथ आमजनताको सहभागितामा राष्ट्रिय सहमति जुटाएरै संविधान संशोधन हुन्छ ।

( नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेद्वारा व्यक्त विचार)

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्