images
images

तेस्रो ठूलो अर्थतन्त्र भएको जापानको आर्थिक वृद्धिदर सुस्त

जापानका प्रधानमन्त्री सिगेरू इसिबाले विश्वको चौथो ठुलो अर्थतन्त्रका रूपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा जापानको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ।

सन् २०२४ मा जापानको आर्थिक वृद्धिदर अत्यधिक सुस्त भएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीति, आयात शुल्कलगायतका कारण विश्वको चौथो ठूलो अर्थतन्त्रमा परेको असरप्रति जापानी कम्पनीहरू चिन्तित भइरहेका बेला यो आँकडा आएको हो ।

सन् २०२४ मा कूल जापानको गार्हस्थ्य उत्पादन (जिडिपी) ०.१ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १.५ प्रतिशतभन्दा निकै कम हो ।
तर अक्टोबर–डिसेम्बरको आँकडा भने राम्रो थियो ।

जुलाई–सेप्टेम्बरमा ०.४ प्रतिशतबाट अक्टुबर–डिसेम्बरमा त्रैमासिक–दर वृद्धि ०.७ प्रतिशत कायम भएको थियो । दशकौंको सबैभन्दा भयानक आँधी र शक्तिशाली भूकम्पको चेतावनीबीच अक्टूबर डिसेम्बरमा त्रैमासिक–दर वृद्धि ०.७ पुगेको हो ।

तर, चौथो त्रैमासिकको ०.३ प्रतिशतको आर्थिक वृद्धि बजार अपेक्षाभन्दा दोब्बर बढीले कमी आएको हो ।

मुडिज एनालिटिक्सका स्टेफन एन्ग्रिकले भने, “सतहमा हेर्दा सन् २०२४ को अन्तिम अवधिमा जापानको कुल गार्हस्थ्य उत्पादन वृद्धि एउटा सुधारको सङ्केतजस्तो देखिन्छ ।” “जापानको प्रारम्भिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आँकडा निकै कमजोर छ र सुधार हुनु सामान्य कुरा हो तर ठूलो मात्रामा सुधारको आवश्यकता छ,” उनले भने ।

अझै पनि हिलोमा फसेको घरेलु अर्थव्यवस्थालाई प्रमुख आँकडाले संरक्षण गर्ने सङ्केत देखाएको छ । जापानको तीन वर्षसम्म बलियो बनको मुद्रास्फीति कमजोर बन्दै गएको एन्ग्रिकको विष्लेषण छ । “विश्वव्यापी व्यापारको लागि खराब अवस्थालाई ध्यानमा राख्दै, जापानले सन् २०२५ मा आर्थिक वृद्धिको सुस्ततालाई नियन्त्रणमा लिनको लागि निर्यातमा भरोसा गर्न सक्षम हुनेछैन।”

ट्रम्पले गत हप्ता अप्रिल २ देखि आयातित कारमा कर लगाउने योजना बनाएको बताइसकेका छन् ।

दैवा इन्स्टिच्युट अफ रिसर्चले जीडीपीको पछिल्लो आँकडा सार्वजनिक गर्नुअघि भनेको छ, “मोटर गाडीको उत्पादन सामान्यीकरणलगायत विभिन्न वृद्धिका कारकहरू देखिएका छन् ।”

संस्थानले एक रिपोर्टमा भनेको छ, “कर्पोरेसनहरूको तर्फबाट पूँजीगत खर्चको लागि तीव्र चाहना, र आन्तरिक खपतमा पुनरागमन’ पनि सकारात्मक कारकहरू रहेका थिए।”

गत वर्ष जर्मनीलाई उछिनेर जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको थियो र भारतले यस दशकको अन्त्यतिर दुवै देशलाई उछिनेको अनुमान गरिएको थियो । स्थितिमा आएको परिवर्तनले मुख्यतया डलरको तुलनामा येनमा आएको तीव्र गिरावटलाई प्रतिबिम्बित गरेको विश्लेषकहरूले त्यतिबेला बताएका थिए।

गत जनवरीमा बैङ्क अफ जापान (बिओजे) ले १७ वर्षपछि पहिलो पटक मार्चमा ब्याजदर वृद्धि गरेको थियो ।

सन् २००८ यताकै सबैभन्दा बढी ऋण लिने लागत मापन गरिएको यो कदमले ‘निरन्तर’ बढ्दो ज्याला र वित्तीय बजार ‘समग्रमा स्थिर’ हुनुलाई पनि आधार बनाएको बैङ्कले जनाएको छ । हालैका वर्षहरूमा अन्य केन्द्रीय बैङ्कहरूले उधारो लागत बढाएपनि बिओजे भिन्न रूपमा उभिएको थियो ।

अन्ततः यसले मार्चमा दरलाई शून्यताभन्दा माथि उठायो र यसले जापानको ‘हराएको दशकौँ’ को आर्थिक स्थिरता र स्थिर वा घट्दो मूल्यहरूको सामना गर्न बनाइएको नीतिहरूबाट टाढा जाने सङ्केत दियो।

क्यापिटल इकोनोमिक्सले सोमबार एक सूचनामा भनेको छ, “जीडीपीको चौथो त्रैमासिकमा भएको उछाल व्यापक नभएपनि यसले हाम्रो विचारलाई समर्थन गर्छ । बैङ्क अफ जापानले यस वर्ष नीतिलाई धेरैले अनुमान गरेभन्दा बढी आक्रामक रूपमा कडा बनाउनेछ।’’

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्