images
images

राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने

बरहथवा । सर्लाहीको हरिवन नगरपालिका–१ निवासी बलराम न्यौपाने आजभोलि गाई गोठ र बाख्राको खोर स्याहार्नमा व्यस्त छन् । बिहान सबेरै उठेदेखि राति अबेरसम्म गोठमा रहेका बाख्रा, गाईभैँसी स्याहार्नु, आहारको जोहो गर्नु र दूध बेच्नु उनको दैनिकी नै हो । समाज परिवर्तनको लागि सुरु गरेको ३० वर्षे राजनीतिक यात्रालाई बिट मारेर विसं २०८० पुसबाट उनले व्यावसायिक पशुपालन सुरु गरे ।

‘विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेको हुँ । आठ वर्ष विद्यार्थी राजनीति गरे, वाइसिएल केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला नेता र पछिल्लो समय वैद्य माओवादीको जिल्ला सेक्रेटरी भए । अहिले राजनीतिक रूपमा निस्क्रिय छु । तीस वर्ष राजनीति गरियो तर समाज र आफ्नो अवस्थाजस्ताको तस्तै । हाल व्यावसायिक पशुपालनबाट समाजका केही व्यक्तिहरूलाई रोजगारी दिएको छु । राज्यलाई कर तिरेर योगदानको छु’, उनले भने।

न्यौपानेले पूर्वपश्चिम राजमार्गबाट सात किलोमिटर उत्तर चुरे पाखामा पशुपालन ‘फार्म हाउस’ सञ्चालन गरे। सुरुमा पाँच वटा बाख्रा, एउटा गाई र एउटा भैँसीबाट सुरु गरेको फार्ममा हाल ७० वटा बाख्रा, आठ गाई र दुई वटा भैँसी छन् । न्यौपानेले देशमा राजनीतिक क्रान्तिले ल्याएका परिवर्तनलाई स्थायित्व दिन पनि अब आर्थिक क्रान्ति आवश्यक रहेको निष्कर्षसहित आफू व्यवसायमा लागेको सुनाए पशुपालनबाट आत्मसन्तुष्टिका साथै आम्दानी पनि सन्तोषजन भइरहेको उनको भनाइ छ ।

गत गढीमाई मेलाको समयमा रु १२ लाखभन्दा बढीका बोका बिक्री गरेको न्यौपानेले सुनाए । यो उनले एकाध महिनामा गरेको सबैभन्दा ठूलो कारोबार हो । ‘भवितव्यबाहेक कृषि र पशुपालनमा धेरै घाटा हुँदैन । पशु चौपायाको गहुँत र गोबरबाट पनि फाइदा लिन सकिन्छ’, उनले भने ,‘त्यसैले अब हरेक नेपालीले कृषिमार्फत् आर्थिक रूपान्तरणमा योगदान गर्नुपर्छ । योभन्दा राम्रो विकल्प अर्को हुनसक्दैन । सरकारले पनि सोहीअनुसार नीति अवलम्बन गर्न आवश्यक छ ।’ न्यौपानेले पशुपालनबाहेक केही जमिनमा उखु, टमाटरखेतीलगायत कृषि कर्मसमेत गरिरहेका छन् । उनले पशुपालन र खेतीपातीबाटै पारिवारको गर्जो टार्दै आएको बताए । ‘अहिले व्यवसाय सुरु गरेपछि आम्दानीसँगै जीवनस्तरमा सुधार भएको छ । सन्तानको पठनपाठनमा सहज भएको छ’, न्यौपानेले भने । उनले भने गाईभैँसीको करिब ५० लिटर दूध दैनिकजसो बिक्री गरे ।

राजनीति समाज सेवा भएकाले आर्थिक उपार्जनका लागि हरेक नेताले कुनै न कुनै इलम गर्न जरुरी रहेको पनि उनको भनाइ छ । न्यौपानेले हाल तीन जनालाई रोजगारी दिएका
छन् । अब व्यवसाय विस्तार गरी चुरेको हावा पानी सुहाउँदो कुखुरापालन गर्ने योजना रहेको उनले सुनाए । साथै पशुपालनबाट दूध, मासुसँगै मलमूत्रबाट बन्ने मल प्रयोग गरेर व्यावसायिक खेतीमा लाग्ने उनले बताए । न्यौपानेले चार बिघा पाखामा डाले घाँस रोप्नुभएको छ । व्यवसाय सुरु गर्दा उनले भौतिक संरचना निर्माण र केही पशुवस्तु खरिद गर्दा रु ८२ लाख ९० हजार लगानी गरे । हाल सो लगानी रु एक करोड २५ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्