images
images

मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी चैत १ गतेदेखि प्रदर्शनको तयारीमा छ । प्रणय दिवसका अवसर पारेर चलचित्रका दुईवटा पोस्टर निर्माण पक्षले आज सार्वजनिक गरेको छ । राजागंज निर्माण पक्षका अनुसार यो पहिलो नेपाली चलचित्र हो, जसमा मधेसको कथा, व्यथा र आन्दोलनलाई प्रमुख विषयवस्तु बनाइएको छ । चलचित्रमा मधेसकै पात्रहरुको बाहूल्यता देखिन्छन् । प्रमुख पात्रहरूकै रूपमा इन्द्रकुमार मधेसानन्द र सरोज मास (सरोज मिश्र)ले अभिनय गरेका छन् ।

त्यसैगरी पत्रकार घनश्याम मिश्र र आरती मण्डलले पनि उक्त चलचित्रमा अभिनय गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य रिङ्कु मिश्र एक नेतृको भूमिकामा चलचित्रमा देख्न पाइने जनाइएको छ । उनकी छोरी अतिथि प्रियाले पनि बाल कलाकारको रूपमा अभिनय गरेकी छन् । चलचित्रका प्रमुख पात्रका रुपमा चर्चित अभिनेता दयाहाङ राई, विजय बराल, रिचा शर्मा, पूर्वमिस नेपाल निकिता चण्डक, पशुपति राई तथा जनकपुरका ख्यातिप्राप्त रङ्गकर्मी मदन ठाकुर र परमेश्वर झाले समेत अभिनय गरेकी छन्।

निर्देशक रौनियारले यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ जस्ता चलचित्र निर्देशन गरिसक्नुभएको छ । निर्देशक रौनियारका अनुसार यो चलचित्र मधेसको मात्र कथा नभएर सम्पूर्ण नेपाली समाजको ऐना हो । उनले भने , ‘फिल्ममा हामीले मधेस आन्दोलनको पृष्ठभूमि मात्र होइन, त्यहाँका जनताको मनोविज्ञान, सांस्कृतिक विविधता र महिलाका चुनौतीलाई यथार्थपरक रूपमा प्रस्तुत गरेका छौँ ।’

निर्देशक रौनियारले यो फिल्म मधेस र पहाडबीचको पुल बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली चलचित्रमा महिलालाई जहिल्यै सहायक पात्रमा देखाइने परिपाटी तोड्दै, मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेत्री रिचा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा भनिकी छन, यो त ‘राजागंज’ नभएर ‘रानीगंज’ हुनुपर्ने हो ।’ नेपालमा सार्वजनिक प्रदर्शन हुनुअघि ‘पूजा सर’ नामबाट राजागंजले महिला सशक्तीकरणको सन्देशसहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्