images
images

उर्जामन्त्रीको भारण भ्रमण : पञ्चेश्वरलाई अगाडि बढाउने देखि ट्रान्समिसन लाइन बनाउने सम्मका उपलब्धि

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताएका छन् । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका उर्जामन्त्री खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएका बताए ।

सिंचाईतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने बारेमा अन्तिम टुंगो लगाउने गरी छलफल भएको समेत उनले बताए । मन्त्री खड्काले कोशीको विषयमा पनि केही छलफल भएको जानकारी दिएका छन्।

यस्तै, दुई देशबीचको सिंचाई ब्यबस्थापनको बैठक हुन नसकेको अबस्थालाई चिर्दै आगामी माार्च २२देखि २४ मा छलफल गर्ने सहमति भएको उनको भनाइ छ ।
दुई देशबीच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०/५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा दुविधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको उनले बताए ।
बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ । अबका वर्षहरुमा कार्बन शून्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन ब्यापारको रकम प्राप्त गर्ने बताए ।

बैठकमा ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाईनको क्षमता ८०० मेगावाटबाट एक हजार मेगावाट पु¥याउने सहमति भएको मन्त्री खड्काले जानकारी दिए।

यस्तै, नेपालको चमेलियादेखि भारतको जौलजीवीसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर आगामी मार्चसम्म गर्ने र सन् २०२७ सम्म प्रसारण लाईन सम्पन्न गर्नेगरी दुबै देशले आ आफ्नो खण्डमा काम गर्ने सहमति भएको छ ।
मन्त्री खड्काले आफ्नो भारत भ्रमण उपलब्धिमुलक रहेको र दुई देशबीचका सम्बन्ध अझ राम्रो भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्