images
images

बबरमहलको सडक जस्तातस्तै बनाइदिन केयूकेएललाई डिभिजन सडकको निर्देशन

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पाइप विद्युत् प्राधिकरणको त्रुटीले बुधबार फुटेपछि क्षति भएको सडक पुर्नस्थापनाको लागि डिभिजन सडक कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

केयूकेएललाई बिहीबार डिभिजन सडकले पत्र लेख्दै अरनिको राजमार्गको माइतीघर तिनकुने सडक–खण्डको बबरमहलस्थित सर्भिस लेनमा क्षतिग्रस्त सडक यथास्थितिमा यथाशिघ्र पुर्नस्थापना गर्न निर्देशन दिएको हो।

images
images

‘उक्त सडक खण्ड सामरिक तथा यातायात सञ्चालनको दृष्टिले अति संवेदनशील क्षेत्र हो । क्षतिग्रस्त सडक यथास्थितिमा यथासिध्र पुर्नस्थापना गरिदिन र अन्य स्थानमा यस प्रकारको घटना नहोु भनि आवश्यक सावधानि अपनाउन अनुरोध गरिन्छ,’ पत्रमा उल्लेख छ ।

डिभिजन सडकले पाइप फुटेर जलमग्न हुन थालेपछि बन्द गर्न खबर गराएपनि लामो समयसम्म पानीको बहाब नरोकिएकोले थप क्षति हुन पुगेको जनाएको छ । यद्यपी बुधबारको घटनाले के कती नोक्सानि भयो भन्ने विवरण नआएको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्