images
images

सुक्खा हिउँदले कृषि, जल, वन र ऊर्जा क्षेत्रमा असर, भोकको डरमा किसान

गलेश्वर । बितेको पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन्। हिमपात नभएपछि हिमाल फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका बाली ओइलाउन थालेका छन्।

माघ नसकिदै गर्मी बढेको र विगतका वर्षको तुलनामा जाडो कम भएको म्याग्दीको बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताए। हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागको थियो। तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरूले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले यही अवस्था रहिरहने हो भने तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताइन्। ‘अहिलेको अवस्थामा वर्षा र हिमपात हुने लक्षण देखिदैन। सुक्खा खडेरीको लक्षण देखिएको छ’‚ प्रवक्ता पोखरेलले बताइन्।

हिमालमा हिउँको मात्रा घट्दै गएको छ। हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर (हिमरेखा) तलमाथि हुने गरेकाले पर्यावरणीय संकट बढ्दै जान थालेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका (इसिमोड) का वैज्ञानिकहरूले बताएका छन्। इसिमोडका वैज्ञानिकले पानी अभाव, बाढी, खडेरीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन्।

हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिनमा हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकको भनाइ छ। म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ। आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरे पनि केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको म्याग्दीका पर्यटन व्यवसायी चक्रबहादुर तिलिजा पुनले जानकारी दिए। हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिन थालेका छन् भने हिमाल कालापत्थरमा परिणत भएका छन्।

पहिले चाँदीझैँ टल्कने हिमाल अहिले उराठलाग्दा देखिन थालेका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटा बताउँछन्। भूमध्य सागरको सतहको तापक्रममा आएको परिवर्तन र त्यसले सिर्जना गर्ने पश्चिमी वायु कमजोर भएसँगै अरब सागर र बंगालको खाडीमा पनि समुद्री सतहको तापक्रममा आएको परिवर्तनले पश्चिमी वायु कमजोर देखिएको छ। पश्चिमी वायु सक्रिय भएन भने वर्षा हुन नसक्ने उनको भनाइ छ।

हिउँदे अवधिमा औसतमा ६१ मिलिमिटर पानी पर्नुपर्नेमा ५.५ मिलिमिटर मात्रै परेको छ। पारिस्थितिकीय प्रणालीमा असर जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण समग्र पारिस्थितिकीय प्रणालीमा असर पर्दै जान थालेको जानकारहरूले बताएका छन्। हिउँदमा पानी नपर्दा कृषि–खेती प्रणाली, वन प्रणाली, ऊर्जा प्रणालीमा नराम्रो प्रभाव पर्दै गएको छ।

पानीका स्रोत सुक्दै गएका छन्। सिँचाइको प्रबन्ध नभएका ठाउँमा खडेरीले खाद्यान्न उत्पादन घटेको छ। वनमा जंगली जनावरले पानी नपाउने समस्या बढेका छन्। जंगली जनावरहरू जंगल छोडेर गाउँ वस्तीतिर पस्न थालेका छन्। सुक्खा बढेका कारण वनमा आगलागी घटना भइरहेका छन्। शहरहरूमा प्रदूषण खतराको तहसम्म पुगेको छ।

गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भूभागमा पनि पाइन थालेका छन्। जलवायु परिवर्तनकै कारण महत्त्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन्। जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोग देखिएका छन्। यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्त्वपूर्ण जडीबुटी यार्सागुम्बालगायतका वनस्पति पनि लोप हुने खतरा रहेको विभिन्न अध्ययनले पनि पुष्टि गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्