images
images

‘फ्रेसकेटिएम’ को १ सय बिघा क्षेत्रफलमा फलफूल र तरकारी खेती, सयौंले पाए रोजगारी

काठमाडौं । नेपालमा स्वस्थकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनलाई प्रधानता दिदै आएको ‘फ्रेसकेटिएम फार्मिङ’ ले विषादी नियन्त्रित तरकारी र फलफूल खेती गरिरहेको छ ।

रौतहट वृन्दावनस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत का तरकारी र दलहन खेती उत्पादन हुँदै आएको छ ।

उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र खाद्यान्नहरू फ्रेसकेटिएमले आफ्नै काठमाडौँको रातोपुल, झम्सिँखेल र भैंसेपाटीमा रहेको फ्रेसकेटिएम आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध गराउँदै आएको छ । नेपालमा अर्गानिक खेती प्रवद्र्धन गरी बजारमा उपभोक्तलाई ताजा र स्वास्थ्यवर्दक तरकारी तथा खाद्य सामग्री उपलब्ध गराउने हेतु फार्मिङबाट एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको फ्रेसकेटिएका डाइरेक्टर शिव न्यौपानेले बताए । न्यौपानेका अनुसार अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीका साथै गहुँ, तोरी र दाल उत्पादन हुन्छ । जसले उपभोक्ताहरूलाई स्वस्थकर खानामा पहुँच पुर्‍याउन मद्दत गरेको उनको भनाइ छ ।

आफ्नै गाउँ ठाउँमा भएको कम्पोस्ट मलको प्रयोग गरी खर्चिलो मानिने यो खेती पद्दतीलाई कसरी कम लागतमा गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान पनि फार्ममा सुरू गरेको न्यौपानेको भनाई छ । ‘जिरो वेस्टको इको सिस्टम बनाउँदै आएको फ्रेसकेटिएम फार्ममा एक सयभन्दा बढी रोजगारी पाएका छन् । जसमा फार्ममा आवश्यक पर्ने खाद्यान्न आफैँ फार्मभित्र नै तयार गर्ने गरेका छौँ ।’

उनले फार्ममा रहेका २५० भन्दा बढी भैंसीहरूको गोबर तथा जैविक स्रोतहरूको उपयोग गरेर आफैँले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्मजीवहरू उत्पादन गरिरहेको बताए। यसले माटोको उर्वराशक्ति बढाएर रसायनको अत्यधिक प्रयोगलाई हटाई स्वस्थ उत्पादनलाई सुनिश्चित गर्ने न्यौपानेको भनाइ छ । जसले कृषि उत्पादनको लागत घटाउन पनि ठूलो योगदान गरेको दाबी उनको छ । फार्मिङबाट उत्पादन भएका भाण्टा, गाजर, बोडी, खुर्सानी, टमाटर, काउली, बन्दा, करेला, तोरीको साग, काँक्रो, गहुँ, तोरीको तेल र विभिन्न प्रकारका दालहरू फ्रेसकेटिएमका रातोपुल, झम्सिखेल र भैंसेपाटीस्थित आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध हुने न्यौपानेले बताए ।

विषादी नियन्त्रित उत्पादनको वृद्धि र उपभोक्ताको मागलाई सम्बोधन गर्दै फ्रेसकेटिएमले अब काठमाडौं उपत्यकाका अन्य स्थानहरूमा समेत आउटलेट खोल्ने तयारी अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए । रासायनिक मल, जैविक मल र वनस्पति विषादीको अति आवश्यक अवस्थामा फार्ममा प्रयोग हुने गरेकाले तरकारीलाई तुरून्तै नटिपि मापदण्ड पूरा गरेपछि मात्र टिपेर बजारमा लैजाने गरिएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

images
images
images

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्

images
images
images