images
images

८ किलोमिटर सडक स्तरोन्नति गर्न २४ वर्ष!

काठमाडौं । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नतिको कार्य बल्ल अगाडि बढेको छ ।

विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म सडक कालोपत्र भइसकेको छ भने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको थियो ।

तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति कार्य अगाडि बढेकामा खुसी व्यक्त गरे । सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ । यसले कठिनपूर्ण यात्रा सहज हुने खड्काको भनाइ छ ।

बागलुङ बजारदेखि बोक्सेसम्म दुई वर्षअघि नै कालोपत्रे सम्पन्न भइसकेको थियो भने अहिले बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन् । सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन भने आन्तरिक पर्यटकले समेत यात्रा सहज रुपमा गर्न थालेका छन् । कालोपत्र सडक पुग्न थालेपछि सिगानामा विकासले विस्तारै गति लिँदैछ ।

काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्दैनथे । खच्चडकै भरमा सामग्री ढुवानी गर्नुपर्थ्यो । बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घण्टाभन्दा बढी समय लाग्दथ्यो । वडा कार्यालयसम्म पुग्नै एक घण्टाजति समय लाग्थ्यो, सडक स्तरोन्नतिसँगै हाल १५ मिनेटमै त्यो दूरी पार गर्न सकिन्छ ।

सिगानामा २९ करोड लागतमा आठ किलोमिटर (किमी) सडक कालोपत्र र ढलान गर्नका लागि ३२ महिनाका लागि ठेक्का सम्झौता भएको थियो । सडक कालोपत्रको जिम्मा पाएको कर्ण बिल्डर्सका साइट इञ्चार्ज सन्दीप श्रेष्ठले फागुनसम्म ६ किमी सडक कालोपत्र गर्नेगरी काम भइरहेको बताए।

बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ बजार, अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने ३० किमी सकडमध्ये पहिलो चरणमा १० किमी सडकको काम अन्तिम चरणमा पुगेको छ भने पुनः १० किमी सडकको ठेक्का खोल्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्