images
images

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी?

काठमाडौं – अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारीमा हेरफेर गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न सहसचिवहरूको सरुवा गर्दै नयाँ जिम्मेवारी तोकिएको हो।

अर्थ मन्त्रालयका अनुसार थान प्रसाद पंज्ञानी अर्थ मन्त्रालयको प्रशासन शाखामा जिम्मेवारी सम्हाल्नेछन् भने शोभाकान्त पौडेल आर्थिक नीति विश्लेषण महाशाखामा जिम्मेवारी पाएका छन्। महेश आचार्य लाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुखको जिम्मेवारी दिइएको छ।

images
images

भन्सार विभागको महानिर्देशकमा महेश भट्टराई लाई तोकिएको छ भने आन्तरिक राजस्व विभागको महानिर्देशक मदन दाहाल नियुक्त भएका छन्। तिर्थराज चिलुवाल आन्तरिक राजस्व विभागका उपमहानिर्देशक बनेका छन्।

यसैगरी, सेवन्तक पोखरेल वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख बनेका छन् भने पार्वती अर्याल भन्सार परीक्षण प्रशासक तथा भन्सार जाँचपास परीक्षण कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्ने छिन्।

त्रिभुवन विमानस्थल भन्सारका प्रमुख रहेका महेश बराल लाई वित्तीय संघीयता समन्वय महाशाखामा सारिएको छ। यमुना प्रधान लाई सह-महालेखा नियन्त्रकको रूपमा महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ।

गोपीकृष्ण कोइराला सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख बनेका छन् भने अमृत लम्साल भन्सार विभागका उपमहानिर्देशकको रूपमा जिम्मेवारी सम्हाल्नेछन्। श्याम प्रसाद भण्डारी अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा सरुवा भएका छन्। त्यस्तै, श्रीचन्द्र साह आन्तरिक राजस्व विभागमा सरुवा भएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्