images
images

सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ ।  चितवनका व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् ।

नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै व्यवसायीले आज गृहमन्त्रीलाई भेटी सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् ।

भेटका क्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनका प्रमुखहरूलाई आजै बोलाएर सीमा क्षेत्रबाट अवैध रूपमा कुनै पनि पोल्ट्रीजन्य पदार्थ भित्रिन नदिन निर्देशन दिने बताए । यसअघि पनि यो विषयमा जानकारी प्राप्त गरेको भन्दै उहाँले नेपालमा रोग भित्रिन नदिन प्रशासनले गर्ने काममा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए ।

पोखरेलले भने, “गृहमन्त्रीले हामीलाई आश्वस्त पार्नुभएको छ, हामी ढुक्क भएर फर्किएका छौँ ।” उनका अनुसार भारतको उत्तर प्रदेश र विहारमा बर्डफ्लु देखिएको छ । नेपालका सीमा क्षेत्र र नजिकका बजारमा ३० प्रतिशतभन्दा बढी भारतीय सेतो अण्डा आउने गरेकाले सीमामा कडाइ गर्न आग्रह गरिएको हो । रोगको जोखिम र नेपालीको अण्डाको बजार समेत प्रभावित हुने भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पोखरेलले बताए ।

भेटका क्रममा पोल्ट्री व्यवसायी मञ्चका तर्फबाट निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र सङ्घका अध्यक्ष पोखरेलले मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका थिए। ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका लामिछानेका अनुसार अण्डा, मासु र चल्ला सीमा क्षेत्रबाट खुल्ला रूपमा भित्रिरहेका छन् । सुरक्षा निकायले सीमा क्षेत्रमा कडाइ नगरेपछि मन्त्रीलाई भेट्नुपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

images
images
images

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्

images
images
images