images
images

जीवन बीमा कम्पनीहरूको खुद नाफा १५.४६% ले वृद्धि

काठमाडौँ ।   देशका जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेखनीय वृद्धि देखिएको छ। २०७९ पुषको तुलनामा २०८० पुषमा जीवन बीमा कम्पनीहरूको कुल नाफा १५.४६% ले वृद्धि भएको छ।

बिमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार, २०८० पुषमा कुल ३०३७३७५ हजार रुपैयाँ खुद नाफा भएको छ, जुन २०७९ पुषमा २६२६७२१ हजार रुपैयाँ थियो।

images
images

सबैभन्दा बढी नाफा वृद्धिदर भएका कम्पनीहरूमध्ये सिटिजन लाइफ पहिलो स्थानमा छ। यसको खुद नाफा ६६.७८% ले वृद्धि भई १२३६५७ हजार पुगेको छ। त्यसैगरी, एशियन लाइफको नाफा ५६.५४% ले वृद्धि भई १५२६६२ हजार पुगेको छ। रिलायबल नेपाल लाइफले पनि ५७.६६% वृद्धि देखाउँदै २२०९७२ हजार नाफा गरेको छ।

यसैगरी, मेट लाइफको नाफा ४९.५०% ले बढेको छ भने आईएमई लाइफको नाफा १४.११% ले उकालो लागेको छ। नेपाल लाइफको वृद्धि तुलनात्मक रूपमा न्यून (९.४४%) रहेको छ।

तर, केही कम्पनीहरूले भने घाटा बेहोरेका छन्। सन नेपाल लाइफको नाफा १४.०४% ले घटेको छ भने राष्ट्रिय जीवन बीमाले ४३.४५% ले घाटा व्यहोरेको छ।

बीमा कम्पनीहरूको नाफामा देखिएको यो वृद्धिलाई बीमा बजारमा सकारात्मक संकेतका रूपमा हेरिएको छ। बीमा कम्पनीहरूका नाफामा भएको वृद्धिले बजारको विश्वास बढेको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्