images
images

‘बीपी राजमार्गको क्षतिग्रस्त खण्डमा मर्मत तीब्र, बर्खामा यातायात अवरुद्ध नहुने’

काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य सुरु भएको छ।

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न ठाउँमा सडक विभागले सडक मर्मतको काम अघि बढाएको हो।
बाढीले बीपी राजमार्गको १३ किलोमिटर सडक खण्डमा बढि क्षति पुर्‍याएको र त्यसमध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बाढीले बगाएर बगरमा परिणत गरेको थियो ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेकाअनुसार हाल उपकरण तथा जनशक्ति परिचालन गरेर बीपी राजमार्गको विभिन्न खण्डको मर्मत कार्य भई रहेको छ। ‘बाढी क्षति पु¥याएको १३ किलोमिटर मध्ये ८.५ किलोमिटर सडक पूर्ण रुपमा बनाउनु पर्ने अवस्थामा छ । बाँकि खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्ने लगायतका काम गर्नु पर्ने छ। त्यो काम हामीले सुरु गरेका छौँ।’

बिग्रे भत्केको सडक खण्ड मर्मतका लागि सडक कार्यालय भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भएको उनले बताए। विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरि क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको भन्दै उनले काम नभएका स्थानबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तिव्र बनाइने जानकारी दिए। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल पहिलो प्राथमिकतामा राखेर बीपी राजमार्गको मर्मत थालिएको हो। ‘अहिले हामीले बीपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको श्रोत साधनको अधिकतम उपयोग गरि काम भइरहेको छ।’
वर्षायाममा सकेसम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्य रहेको भन्दै डिभिजन प्रमुख योगेशले आवश्यक परे रातको समयमासमेत काम गरि काम तिव्र पारिने बताए।

क्षतिग्रस्त बीपी राजमार्गमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरि मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिँदै आएका छन्। गत शनिबार मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुख लगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुननिर्माणमा श्रोत अभाव हुन नदिने भन्दै मर्मत एवम् पुननिर्माणलाई तिव्रता दिन निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्