images
images

नेपाल पर्वतारोहण संघका सदस्यलाई ट्रेकिङ बीमा सुविधा दिन सलिकोसँग सम्झौता

काठमाडौँ ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी र नेपाल पर्वतारोहण संघबीच न्यूनतम मूल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।

नेपाल पर्वतारोहण संघका आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीहरूमार्फत पर्वतारोहणका लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि न्यूनतम मूल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएको हो।

images
images

हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष नीमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरूको लागि न्यूनतम १५ लाख रुपैयाँ बरावरकोको दुर्घटना बीमा, ४ लाख रुपैयाँ बराबरको स्वास्थ उपचार बीमा तथा अमेरिकी डलर १० हजार बराबरको खोजतलास एवं हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरुप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरुको लागि विशेष बीमा योजना ल्याएको हो ।

साविकमा पदयात्रा एजेन्सीहरुले महंगो शुल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको प्रस विज्ञप्तिमा उल्लेख छ।

यो सिजनका लागि ट्रेकिङ बीमा योजना १ मार्च २०२५ देखि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्