images
images

ठेकेदारले ६ वर्षमा पनि सकेनन् ७ किलोमिटर सडक स्तरोन्नति र कालोपत्र !

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका रामबहादुर साउद छ वर्षदेखि गाउँसम्म जोड्ने कालोपत्र सडक निर्माणको प्रतिक्षामा रहेका छन् । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत सडक कालोपत्र गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकोप्रति उनी असन्तुष्टि पोख्छन् ।

“सडक कालोपत्र गर्न ठेक्का भएको छ वर्ष नै बित्न लाग्यो”, उनले भने, “ठेक्काको जिम्मा लिएको निर्माण कम्पनीले काम नगर्दा खाल्डाखुल्डी भएको सडकमा हिँड्नुपरेको छ ।” सडकको ठेक्का लागेको केही महिनापछि गाउँमा नाली निर्माणको काम थालिएको थियो । कमसल इँटा र बालुवा प्रयोग गरी नाली बनाउन थालेपछि चौतर्फी विरोध हुँदा वडाध्यक्षले नाली नै भत्काइदिएपछि निर्माण व्यवसायी त्यसपछि काममा नफर्केको उनी बताउँछन् । प्रदेश सरकारले कलुवापुर–बेलौरी सडकलाई बेलडाँडी हुँदै नायल सडकमा जोड्ने योजना अघि सारेको स्थानीय बासिन्दा बताउँछन् । योजना अघि सारेको आधा दशक बढी भइसके पनि काम अगाडि बढ्न नसक्नु विडम्बना भएको स्थानीय टेकबहादुर साउदले बताए ।

“सडक पूरै धुलाम्मे छ”, उनले भने, “धुलो माटो उड्ने भएकाले सडक नजिकका घरभित्रसम्म धुलो पुग्छ, धेरै जनामा धुलोबाट श्वासप्रश्वासको समस्या बढ्दै गएको छ ।” सडकमा ठूलाठूला खाल्डाखुल्डी भएकाले वर्षातमा खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटना हुने भय बढ्दै गएको उनी बताउँछन् ।

हिउँदयाममा धुलाम्मे, वर्षायाममा हिलाम्मे हुँदा सडकमा हिँडडुल गर्न र सवारीसाधन चलाउन समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । वडाध्यक्ष बहादुरसिंह महरा कमसल काम गरिन थालेपछि स्थानीयको दबाबमा नाली भत्काउनुपरेको बताउँछन् । दोयम किसिमको इँटा र स्थानीय खोलाको कमसल बालुवा प्रयोग गरेर नाली बनाउन थालेपछि गुणस्तरीय काम गर्न नाली भत्काइएको उनले बताए । तत्काल ठेक्का सम्झौताबमोजिम सडक स्तरोन्नति र कालोपत्रको कार्य नगरिए सङ्घर्षमा उत्रिनुको विकल्प आफूसँग नरहने अध्यक्ष महराले उल्लेख गरे । पटकपटक पूर्वाधार विकास कार्यालयलाई सडक कालोपत्रको कार्य अगाडि बढाउन आग्रह गर्दै आए पनि ठेकेदारको लापरवाहीको हवाला दिएर पन्छिने गरेको उनी बताउँछन् । कलुवापुरबाट झण्डै सात किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न सन्तोषी–थेगिम जेभीले निर्माणको जिम्मा लिएको छ ।

सडक कालोपत्रका लागि एक करोड बढी बजेट रहेको जनाउँदै पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख योगेन्द्रबहादुर अधिकारी निर्माण व्यवसायीको उदासिनताका कारण काम अगाडि बढ्न नसकेको बताउँछन् । “काम अगाडि बढाउन ताकेता गर्दै आएका छौँ”, उनले भने, “गर्छु भन्ने अश्वासन दिन्छन्, देखिनेगरी प्रगति हुनसकेको छैन, सन्तुष्ट छैनौँ ।” सोही सडकको बन्साहबाट कलुवापुरसम्मको तीन किलोमिटर र चाँनदेवबाट कालागौँडीसम्मको तीन किलोमिटर सडक पनि कालोपत्रको कार्य हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्र गरेको सडक बिग्रिन सुरु भइसकेको छ । ठुल्ठूला खाल्डा र अलकत्रा उप्कन थालेको छ । सडकखण्डको बन्साहबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।

सोही सडकखण्डको ढक्का–चाँनदेउबाट कालागौँडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र अवस्थामा छ । सन्तोषी–थेगिम जेभीसँग विसं २०७८ साउन २० गते सडक कालोपत्रका लागि सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको लामो समय बिते पनि सडक कालोपत्र गर्ने कार्य हालसम्म पूरा गर्न सकेको छैन । सडक कालोपत्रको कार्य सम्पन्न गर्न विसं २०८२ चैतसम्मको समयसीमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

images
images
images

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्

images
images
images