images
images

पिप्ले–भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा

म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

आर्थिक वर्ष २०७३\७४ देखि सङ्घीय सरकारको वार्षिक कार्यक्रम मा समावेश हुन थालेको यस योजनालाई खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आव २०८१्\८२ मा बहुवर्षीय ठेक्का लगाउन स्रोत सहमति दिएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले चालु आवमा रु ५० लाख बजेट विनियोजन भएको बृहत् पिप्ले–भगवती खानेपानी योजनाका लागि अर्थ मन्त्रालयले र १० करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाउन सहमति दिएको जानकारी दिए ।

‘म्याग्दीको बहुप्रतिक्षित पिप्ले–भगवती खानेपानी आयोजनालाई अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्का आह्वानको तयारी गरेको छ’, उनले भने ‘गत वर्ष ३७ करोड रुपैयाँ को स्रोत सुनिश्चतता भएपछि पिप्ले–भगवतीसँगै वार्षिक कार्यक्रममा समावेश हुँदै आएको बेनी नगरपालिकाको चार र रघुगङ्गा गाउँपालिकाको दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुने बृहत् घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता भई काम सुरु भएको छ ।’

पछिल्लोपटक सन् २०२२ मा भएको सर्वेक्षणअनुसार रु ३७ करोड ३७ लाख लागत अनुमान गरिएको पिप्ले–भगवती खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बहुवर्षीय ठेक्का आह्वान गर्न अर्थ मन्त्रालयले स्रोत सहमति नदिँदा कार्यान्वयन हुनसकेको थिएन । चारवटा प्याकेजमा विभाजन गरेर यस वर्ष रु दश करोड बजेट बराबरको काम गर्न ठेक्का आह्वानका लागि प्रक्रिया अघि बढाएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताए । बाँकी तीनवटा प्याकेजको ठेक्का लगाउन आगामी वर्ष बजेट व्यवस्थापनका लागि जनप्रतिनिधि र खानेपानी विभागमार्फत प्रस्ताव गरिने उनले बताए ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइप लाइन रहने प्रस्ताव गरिएको छ । योजनामार्फत दुई हजार चार सय १६ घरपरिवार लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए ।

सङ्घीय सरकारको ९० र उपभोक्ताको दश प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो । उपभोक्ताको तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने रु १० लाख बजेटको व्यवस्था गरेर खातामा जम्मा गरिसकेको रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष अमृत भण्डारीले बताए। पिप्ले र भगवती म्याग्दीको बढी जनघनत्व भएको बस्ती हुन् । पुराना खानेपानीको मुहान सुक्दै जाने र उपभोक्ताको सङ्ख्या बढ्दा खानेपानीको समस्या छ । चिमखोलाबाट ल्याएको पानीलाई अहिले भएका ट्याङ्की र पाइप लाइनमार्फत घरघरका धारामा वितरणको व्यवस्था मिलाइने वडाध्यक्ष भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्