images
images

निसानको वहुप्रतिक्षित एसयूभी म्याग्नाईट फेसलिफ्ट सार्वजनिक, कति पर्छ मूल्य

काठमाडाैं । निसानको वहुप्रतिक्षित एसयूभी म्याग्नाईट फेसलिफ्ट सार्वजनिक भएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त गाडी सार्वजनिक भएको हो । पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, पायोनियर मोटोकर्पका निर्देशक गौरव शारडा, पायोनियर मोटोकर्पका ग्रुप अध्यक्ष धिरेन तामाङ, पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, तथा पायोनियर मोटोकर्पका सिनियर म्यानेजर राजकुमार ढकालको उपस्थितिरहेको थियो ।

नेपाली बजारमा यसअघि सर्बाधिक रुचाइएको सब–फोर मिटर एसयूभीका रुपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टि र प्रबिधीमा निकै सुधार गरिएको जनाइएको छ ।

नवप्रवर्तन र ग्राहक केन्द्रित डिजाइन जस्ता विशेषताका कारण नयाँ म्याग्नाइटको उपस्थितीसंगै नेपालमा निसानको उपस्थिति अझै बलियो बन्ने विश्वास कम्पनीले लिएको छ । विश्वव्यापी रूपमा डिसेम्बर २०२० मा लन्च भएको म्याग्नाईट नेपालमा २०२१ मा पहिलो पटक लन्च भएको थियो ।

हालसम्म १ लाख ५० हजारभन्दा बढी यूनिट बिक्री भैसकेको यस एसयूभीको सफलताले निसानको ‘एक कार, एक विश्व’ रणनीतिलाई प्रतिविम्बित गर्ने जनाइएको छ । पायोनिर मोटोकर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारडाका अनुसार, निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुबै बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।

‘नयाँ निसान म्याग्नाइट फेसलिफ्टको लन्चले हाम्रो उत्कृष्टता प्रतिको गहिरो प्रतिबद्धता झल्काउँछ र नेपालका हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो समर्पणलाई थप मजबुत बनाएको छ । हामी विश्वस्त छौं कि नयाँ म्याग्नाइटले नेपाल र अन्य बजारहरूमा निरन्तर प्रभाव पार्नेछ’ उनले भने ।

आधुनिक र गतिशील डिजाइन

नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटर सहित स्लिक एलईडी हेडलाम्प उपलब्ध गराइएको छ । यस सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्व प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल–आकारको सिग्नेचर डिआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुको साथै आधुनिक लुक्स समेत दिएको छ ।

रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ डुअल टोन १६ इन्च डायमण्ड–कट एलोई ह्विल, फंक्सनल रुफ रेल र श्रेणीमा उत्कृष्ट ग्राउन्ड क्लिरियन्स रहेका छन् । ६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

प्रिमियम र विलासी इन्टेरियर

थुप्रै फस्र्ट–इन–क्लास सेग्मेन्ट फिचरले सुसज्जित यस नयाँ एसयूभीमा अनौठो ३६० डिग्री लेदर प्याक समावेश छ । जसमा खैरो सुन्तला रंगको लेदरयुक्त ड्यासबोर्ड, हनीकम्ब सिलाइ ढाँचा भएका लेदरट सीटहरु राखिएका छन् ।

साथै, यसको ढोका, पार्किङ ब्रेक लीभर, स्टेरिङ र अगाडिको आर्मरेस्टमा लेदरट सजावट दिइएको छ । क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सीट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस र पछाडीको सिटलाई ६०ः४० को अनुपातमा स्प्लिट गर्न मिल्ने जस्ता विशेषता पाउन सकिन्छ । पछाडी बस्ने प्यासेन्जरका लागी समेत प¥याप्त स्पेश पाइने यस कारमा दिइएको हाई कमाण्ड ड्राइभिङ पोजिसन, अगाडिको आर्मरेस्ट स्टोरेज र कुल्ड ग्लोभ बक्स जस्ता फिचरले भित्री भागलाई आरामदायी र आकर्षक बनाएको छ ।

उन्नत प्रविधि

नयाँ निस्सान म्याग्नाइटमा २० भन्दा बढी पहिलो र सेग्मेन्टका उत्कृष्ट सुविधाहरू समावेश गरिएको छ । यसमा हिट गार्ड सहितको प्रिमियम सिलाइयुक्त लेदरट सीटहरू, मेमोरी फङ्सनसहितको मल्टि कलर एम्विएन्ट लाइट र प्लाज्मा क्लस्टर एयर आयनाइजर जस्ता विशेषता पाउन सकिन्छ ।

६० मिटर परबाटै रिमोटको साहयतामा इन्जि स्टार्ट गर्न सकिन नयाँ ग्लोबल स्मार्ट की उपलब्ध यस एसयुभीमा सबैभन्दा ठूलो इलेक्ट्रोनिक बेजललेस अटो डिमिङ आईआरभिएस, पूर्ण एलईडी बाहिरी प्याक (हेडलाम्प, टेललाम्प, डिआरएलएस, इन्डिकेटर, फ्रन्ट फग ल्याम्प) र चारैतिर अवलोकन गर्ने मोनिटर पनि उपलब्ध गराइएको छ ।

नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टचस्क्रीन। वायरलेस एन्ड्रोइड अटो एन्ड एप्पल कार प्ले, अर्कामिज थ्रीडी साउन्ड सिस्टम र क्रूज कन्ट्रोल जस्ता फिचर राखिएका छन् । साथै, नयाँ युगका ग्राहकलाई लक्षित गरी यसमा ड्यासक्याम, वायरलेस चार्जर, जेविएल स्पिकर, पडल ल्याम्प र एलईडी स्कफ प्लेटजस्ता फिचर समावेश गरिएको विशेष प्रविधि प्याक उपलब्ध गराइएको छ । यी फिचरले नयाँ म्याग्नाइटलाई आधुनिक र प्रिमियम बनाएको छ ।

शक्तिशाली प्रदर्शन

यस एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिन सेग्मेन्टमै शक्तिशाली र उच्च पर्फमेन्सयुक्त दाबी गरिएको छ । प्रति लिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिने यस एसयूभीको इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गरी बलियो तिब्रता सुनिश्चित गर्दछ ।

निसानको स्पोर्ट्स कार जीटीआरमा जस्तै नयाँ म्याग्नाईटमा जडान गरिएको इन्जिनमा पनि उन्नत ‘मिरर बोर कोटिंग सिलिण्डर ब्लक प्राविधि’ उपलब्ध गराइएको छ । १.० नेचुरल्लि एस्पिरिटेड इन्जिनमा समेत उपलब्ध यस कारको इन्जिनलाई ५ स्पिड गियरवक्ससंग जोडिएको छ । साथै यो म्यानुअल र ईजेड–शिफ्ट (एएमटी) अप्सनमा समेत उपलब्ध छ ।

सेफ्टि फिचर

नयाँ म्याग्नाईटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कुल ५५ भन्दा बढी सेफ्टि फिचर दिइएको छ । सेफ्टि फिचरका हिसावले समेत यो सेग्मेन्टमै उत्कृष्ट रहेको छ । कारमा ६ वटा एयर ब्याग, भेइकल डाइनमिक कन्ट्रोल(भिडीसी) ट्रयाक्सन कन्ट्रोल सिस्टम(टिसिएस), हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबिएस, ईबीडी र टायर प्रेशर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर पाउन सकिन्छ । साथै यसमा, थ्री–प्वाइन्ट सीट बेल्ट, सीट बेल्ट रिमाइन्डर, चाइल्ड लक, आइसोफिक्स एङ्करेज र रियर पार्किङ सेन्सर सबै भेरियन्टहरूमा अनिबार्य गरिएको छ ।

६७ प्रतिशत हाई–टेन्सायल स्ट्रेन्थ स्टिल प्रयोग गरी निर्माण गरिको यस एसयूभीमा निसानले ३ वर्ष अर्थात ३० हजार किलोमिटर वारेन्टि सुबिधा दिएको छ ।

सुरुवाती मूल्य ३४.७५ लाख

यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य रू ३४.७५ लाखदेखि सुरू हुन्छ । नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू, र अत्याधुनिक प्रविधिसहित आएको छ, जसले उत्कृष्ट मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्छ । म्याग्नाइट लाइनअप चारवटा ‘रिफ्रेस्ड’ भेरियन्टहरूमा उपलब्ध छ, जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन(कनेक्टा’, र ‘टेक्ना(प्लस’ समावेश छन् । उपलब्ध हरेक विशेषतासहितको शीर्ष भेरियन्टको मूल्य रू। ५२।९९ लाखसम्म पर्न जान्छ भने भिजिया र एक्सेन्टाको मूल्य यथावत् राखिएको छ । यी भेरियन्टहरूमा, नयाँ म्याग्नाइटको जम्मा १३ प्रकारका ‘कन्फिगरेसन’हरू उपलब्ध छन्, जसमा ‘टर्बो(पेट्रोल’ र ‘नेचुरल्ली एस्पिरेटेड इञ्जिन’ सहित म्यानुअल र अटोमेटिक ट्रान्समिसनका विकल्पमा उपलब्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्