काठमाडौँ । आठौँ संस्करणको सिन्धुपाल्चोक जिल्ला स्तरीय पाँचपोखरी टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी क्रिकेट क्लबले हात पारेको छ।
मङ्गलबार तल्लो मूलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा हेलम्बु गाउँपालिकालाई पाँच विकेटले हराउँदै पाँचपोखरी क्रिकेट क्लबले प्रतियोगिताको उपाधि जितेको हो।
हेलम्बु गाउँपालिकाले दिएको १२२ रनको लक्ष्य पाँचपोखरी क्रिकेट क्लबले १९ दशमल एक ओभरमा पाँच विकेट गुमाएर भेटायो।
हेलम्बुका सचिन लेखकले दुई तथा दोर्जे छेरिङ र विनोद तामाङले एक एक विकेट हात पारे।
पाँचपोखरीका लागि बुद्धिमान पाख्रिनले नटआउट ५६ तथा सार्थक धितालले २५ रनको योगदान गरे।
यस अघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हेलम्बुले शिवम तिवारीको नटआउट ६८ रनको मद्दतमा १२१ र न बनाएको थियो। यस्तै हेलाम्बुखा सचिन लेखकले ३४ बलमा ३५ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
हेलम्बुलाई सस्तैमा समेट्ने क्रममा पाँचपोखरीका मनोज खड्का एक्लैले तीन विकेट हात पार्दा विजयकुमार धिताल विपिन आचार्य र सार्थक धितालको नाममा एक एक विकेट रह्यो।















प्रतिक्रिया दिनुहोस्