images
images

वडा अध्यक्ष कप भलिबलको उपाधि आयोजकलाई

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा भएको दोस्रो वडाध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ ।

आज भएको फाइनल खेलमा वडा नम्बर ७ लाई ३-२ को सेटमा पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो । पहिलो र दोस्रो सेट गुमाइसकेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै उसले उपाधि हात पार्न सफल भएको हो ।

images
images

पहिलो र दोस्रो सेट २५-१८ र २५-१६ ले गुमाएपछि दुइ सेट लगातार २३-२५, २४-२६ ले आफ्नो पक्षमा पार्दै खेल पाँचौं सेटमा धकेिलएकाे थियाे । रोमाञ्चक पाँचौं सेट १५-९ ले पक्षमा पार्दै आयोजकले उपाधि सँगै ४० हजार हात पारेको छ । दोस्रो भएको वडा नम्बर ७ ले २५ हजार पाउँदा तेस्रो भएकाे वडा नम्बर ४ ले १५ हजार हात पारेको छ । बिहीबार भएको तेस्रो स्थानको खेलमा वडा नम्बर ४ ले  ८ लाई पराजित गरेको थियो ।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले खेलकुद कार्यक्रमको अवसरमा बोल्दै वडा बजेट मात्र नभई गाउँपालिकाको समग्र पहलमा खेलकुद आयोजना गरिएको बताए। उनले स्थानीय उत्पादन, युवा गतिविधि र खेलकुद विकासलाई अघि बढाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे।

अध्यक्ष नेपालले खेलकुदले खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सहभागी सबै खेलाडीलाई बधाई ज्ञापन गरे। साथै प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा आयोजक समितिलाई धन्यवाद दिँदै उत्कृष्टता हासिल गरेकोमा खुशी व्यक्त गरे।

कार्यक्रमका सभापति तथा गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष शशिनाथ आचार्यले खेल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले खेलकुदलाई निरन्तरता दिई व्यवसायिक बनाउन आग्रह गर्दै तालिम र संरचनागत विकासमा गाउँपालिकाले काम गर्ने र प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने योजना रहेको बताए।

प्रतिक्रिया दिनुहोस्